काठमाडौं । न्यूरोडमा प्रदेश सांसद भावना सुवेदीको पर्स लुट्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही बरथहवा नगरपालिका वडा नम्बर २ घर भई हाल काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको जनसेवा प्रमुख डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । साउन २६ गते न्यूरोडमा सुवेदीको झोलाबाट अपरिचित व्यक्तिले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित केही महत्वपूर्ण परिचय पत्र लुटेका थिए ।
तर, पक्राउ परेका युवकको साथबाट ती कागजपत्र बरामद भएका छन् कि छैनन् भन्ने खुलाइएको छैन । प्रहरीले नियन्त्रणमा लिएका थिङ पटके चोरी भएको खुलेको छ ।































प्रतिक्रिया