अचम्म ! जहाजभित्रै चोरी, दुई चिनियाँ नागरिक पक्राउ

अचम्म ! जहाजभित्रै चोरी, दुई चिनियाँ नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नं. इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन् ।

जहाजभित्रै डेनकार्कका नागरिकको सुन र नगद चोरी गरेको आरोपमा उनीहरूलाई प्रहरीले जनाएको छ ।

शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको विषयमा महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान थालेको छ ।

Logo