काठमाडौको स्वयम्भूमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान शंकर ठगुन्ना आइतबार राती उनकै प्रेमिकाको कोठामा मृत फेला परेका हुन्।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले प्रहरी जवान ठगुन्नाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। उनले आइतबार राति करिब साढे १ बजे प्रहरी पुग्दा शंकरको शव खाटमा लडिरहेको अवस्थामा फेला परेको बताए ।
प्रहरीले सँगै बसेकी ठगुन्नाकी प्रेमिकालाई नियन्त्रणमा लिएको छ । उनीहरु केही बर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ। दार्चुला घर भएका जवान ठगुन्नाले प्रेमिकासँगको बिबादपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उनले झ्यालमा पर्दा टाँग्ने डोरीमा सलको पासो लगाइ आत्महत्या गरेको देखिएको डिएसपी सुवेदीले जानकारी दिए ।





























प्रतिक्रिया