१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ


धनुषा,

धनुषाको औरही गाउँपालिकाबाट सशस्त्र प्रहरीले १५ किलो चाँदी बरामद गरेको छ । नेपालबाट भारत भित्र्याउँदै गर्दा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गणले शनिबार १५ किलो चाँदी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ चाँदी तस्करी गर्ने एकजना भारतीयलाई समेत पक्राउ गरेको छ । जनकपुरबाट १५ किलो चाँदी बोकेर भारततर्फ ज ८ प ९२३५ नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेका मधुवनी प्रखण्ड जयनगर पञ्चायत–२ का २८ वर्षीय बन्धुकुमार सिंहलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरीले बरामद गरेको चाँदीलाई आइतबार जनकपुर भन्सार कार्यालयमा बुझाइनेछ भने पक्राउ परेका सिंहलाई नेपाल प्रहरीको जिम्मा लगाएर अनुसन्धान गर्ने सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जनाए ।
नागरिकबाट

Logo