लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप

लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको विरोधमा सिंहदरबारमा विरोध प्रदर्शन गरिएको छ । आरक्षण बचाउ आन्दोलनले आयोगले जारी गरेको असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आइतबार भद्रकालीमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शन भद्रकालीबाट सिंहदरबार पुगेर धर्नामा परिणत हुने कार्यक्रम रहेको थियो। तर भद्रकालीमै प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनको नेतृत्वमा गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ११ जना आन्दोलनकारीलाई पक्राउ गरेको हो ।

प्रहरीले शान्तिपूर्वक धर्नामा दमन गरेको भन्दै आन्दोलनकारीहरुले नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै भद्रकालीमा नाराबाजी गरेका छन् ।

सरकार चरम दमनमा उत्रिएको भन्दै उनीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा माग गरेका छन् । लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित विज्ञापन प्रकाशित गरेको भन्दै त्यसको खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

Skip This
Skip This
Logo