ललितपुर महानगरले पनि किन्यो ब्रुमर (भिडियोसहित)

ललितपुर महानगरले पनि किन्यो ब्रुमर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिए । उनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताए ।

त्यसैगरी २ वटा पानी टयांकर पनि संचालनमा ल्याइएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो बु्रमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा संचालन गरिनेछ । मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई पनि जोड दिइएको स्पष्ट पारे ।

इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ । जेनटक प्राईभेट लिमिटेडबाट बोल पत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको सो रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने पनि मेयर महर्जनले विश्वास व्यक्त गरे ।

महानगरपालिकाले बुु्रमरसँगै संचालनमा ल्याएको २ वटा पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको हो । ठूला बु्रमर संचालन नहुने स्थानहरुमा साना बु्रमरको प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ ।

Skip This
Skip This
Logo