समृद्धिको गन्तव्य प्रदेश नम्बर २ (भिडियो रिपोर्टमा)

समृद्धिको गन्तव्य प्रदेश नम्बर २ (भिडियो रिपोर्टमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको संविधान ०७२ अनुसार पूर्ण संघीयताको ढाँचामा निर्मित प्रदेश नम्बर २ मा तराईका ८ जिल्लाहरू सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा पर्दछन् । यो पहाड र हिमाल नभएको एक मात्र प्रदेश हो भने यहाँका सबै जिल्लाले भारतको सीमा छोएका छन् ।

यो प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह छन् । यहाँको जनसंख्या नेपालको कुल जनसंख्याको २०.४५ प्रतिशत अर्थात् ५४ लाख ०४ हजार १ सय ४५ छ । आकारका हिसाबले यो सबैभन्दा सानो प्रदेश हो । जसले कुल भूभागको ५.७५ प्रतिशत क्षेत्रफल ओगटेको छ ।

प्रदेशमा कुल ९ लाख ३२ हजार ३ सय ८ घरधुरी छन् । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार प्रदेशको प्रतिव्यक्ति औसत आय ७ सय ९९ डलर छ । प्रदेशको समग्र गरिबी दर २७.७५ छ, जुन राष्ट्रिय गरिबी दर २५.२५ भन्दा बढी हो । यो प्रदेशका मुख्यमन्त्री लालबाबु राउत हुन् भने प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ हुन् । थप तलको भिडियो रिपोर्टमाः

Skip This
Skip This
Logo