क्यानडामा जारी ग्लोबल टी–२० मा आज सन्दीप लामिछाने आबद्ध टोरन्टो नेसनल्स र सोमपाल कामी आबद्ध विन्निपेग हक्स खेल्ने भएका छन् ।
उनीहरु दुवै जना सिंगापुरमा टी–२० विश्वकपको एसियाली छनोटका खेल सकेर आइतबार नै क्यानडा पुगिसकेका छन् । सन्दीपलाई टोरन्टोले ६० हजार डलरमा अनुबन्ध गरेको हो भने सोमपाललाई विन्निपेगले ३ हजार डलरमा अनुबन्धन गरेको हो ।
यधपि उनीहरु दुवै जना आज टिममा पर्ने बारेमा भने टुंगो लागेको छैन । अघिल्लो सिजन मोन्ट्रियल टाइगर्सबाट खेलेका सन्दीपले ५ खेलमा ८ विकेट लिएका थिए ।
सोमपाल बलिङ र ब्याटिङ दुवैमा अब्बल भए पनि विन्निपेगले उनलाई फुलटाइम बलरका रुपमा अनुबन्ध गरेको हो ।
प्रतिक्रिया