जब प्रधानमन्त्रीको बुद्धि बंगारो आफैं खुस्कियो

जब प्रधानमन्त्रीको बुद्धि बंगारो आफैं खुस्कियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६७ वर्षका भए । प्रधानमन्त्रीको स्वास्थ्यको हेरचाह गर्न राज्यले एक जना नीजि चिकित्सकको व्यवस्था गरिदिएको छ । सन् २००७ मा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमित औषधी सेवन गर्दै आएका छन् ।

प्रत्यारोपण गरिएको मृगौलालाई सन्तुलनमा राख्न प्रधानमन्त्री नियमित औषधी सेवन गर्ने गरेका हुन् । त्यो बाहेक प्रधानमन्त्रीको स्वास्थ्य समस्या छैन् । तर शुक्रबार भने एकाएक उनको बुद्धि बंगारो खुस्कियो । जुन कुराको स्वयम प्रधानमन्त्रीले समेत चाल पाएनन् ।

‘हिजो बेलुका मेरो दाहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्कियो । छामेर हेरेँ, जरा पनि छैन, रगत पनि आएको छैन् ।’ प्रधानमन्त्रीले भने ।

आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा पनि भुटेको मकै भटमास चपाउने गरेको तर आफ्नो भने ६७ वर्षको उमेरमै बुद्धि बंगारा फुस्किएर असक्त भएको बताए ।

बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले आफ्नो बुद्धि बंगारा फुस्किएकोबारे भाषणमार्फत नै जानकारी गराएका हुन् ।

कार्यक्रममा एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीले स्वास्थ्य समस्याका कारण कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताए । कार्यक्रममा झण्डै एक घण्टा भाषण गरेका प्रधानमन्त्रीले नक्कली विरामी रहेछ भन्न सक्ने भएकाले बुद्धि बंगारा फुस्किएकोबारे सबैलाई जानकारी गराएको बताए ।

Logo