आमासँग अवैध सम्बन्ध, आमाको सहयोगमा दिल्ली लगेर छोरीमाथि बलात्कार

आमासँग अवैध सम्बन्ध, आमाको सहयोगमा दिल्ली लगेर छोरीमाथि बलात्कार

केन्द्रबिन्दु
0
Shares

महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–६ का ४० वर्षीय सीयाराम महतोको स्थानीय एक महिलासँग अवैध यौन सम्पर्क थियो। ती महिलासँग लामो समयदेखि सम्पर्कमा रहेका महतोको नजर विस्तारै उनकी १२ वर्षीया छोरीतिर पनि पर्न थाल्यो ।

महतोले ती महिलासँग सोझै अनुरोध गरे, छोरीसँग पनि यौन सम्पर्क गराउन। महिलाले अस्वीकार गर्न सकिनन्। तर गाउँमा यो सम्भव नहुने र त्यसका लागि भारत जानुपर्ने सुझाइन्। महतोले उपाय निकाले, आमा छोरीलाई रोजगारीका लागि भारत लैजाने। आमा-छोरी महतोको पछि लाग्दै जनकपुर-जयनगर – दरभङ्गा भएर दिल्ली पुगे।

दिल्ली पुर्‍याएकै दिनदेखि आमाले सीयाराम र छोरीलाई सँगै एउटै कोठामा सुत्न लगाइन्। प्रहरीको सम्पर्कमा आउनुअघि १७ दिनसम्म सियारामले आफूलाई बलात्कार गरेको ती बालिकाले बयान दिएकी छिन् ।

आमाले आफूलाई कोठामा कडा निगरानीका साथ राखेको, शौचालय जाँदा पनि सँगै लैजाने गरेको तथा सियारामले बाहिर निस्कन नदिएको बालिकाको जिकिर छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले महतोलाई पीडित बालिकाकै आमाले सहयोग गरेको दावी गरे।

यसरी बाहिरियो घटना
गाउँबाट जनकपुर काम गर्न गएकी बहिनीले एक दिन पनि फोनसम्म नगरेपछि किशोरीकी दिदीले गाउँमै बस्दै आएकी आफ्नी ठूली आमालाई लिएर बहिनीलाई आमासँगै कामको लागि बाहिर पठाउन सहयोग गरेका सीयारामका बुबा राम आशिष महतो र स्थानीय नेता भनिएका रामजतन महतोलाई घटनाबारे बताए। सुरुमा उनीहरुले आलटाल गरे।

तर आफू प्रहरीमा जाने, गाउँमा हो हल्ला गर्ने उनिहरुको चेतावनीपछि सीयारामका बुबा राम आशिष र नेता रामजतनले असार १६ गतेका दिन किशोरीलाई दिल्लीबाट घर बोलाएका थिए। बालिका मात्र घर फर्किन्। आमा र सीयाराम भारतमै लुकेर बसे। पीडित किशोरीले असार २२ गते आफूलाई काम गर्न बाहिर पठाएका सीयारामका बुबा राम आशिष महतो र स्थानीय नेता रामजतन महतोमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गरेकी छन्।

प्रहरी उपरीक्षक अधिकारीले पीडित किशोरीको मेडिकल जाँच गराउँदा उनको यौन शोषण भएको प्रमाणित भइसकेको जानकारी दिए। घटनामा संलग्न हुनेले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दाबी गर्दै उनले घटनाको विस्तृत अध्ययन अनुसन्धान भइरहेको र घटनामा संलग्न मुख्य आरोपी अझै फरार रहेकाले उनको खोजतलास भइरहेको जानकारी दिए।

‘हामीले जसरी पनि पीडितालाई न्याय दिलाउने गरी काम कारवाही अगाडि बढाएका छौं”, उनले भने, ‘घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ।’

Skip This
Skip This
Logo