सनम राउत ।
रौतहट । मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रौतहट बौधिमाई नगरपालिका ४ घर भएका ३२ बर्षीय मेवालाल राउत कुर्मी रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चोरी मुद्दामा फरार रहेकोमा कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
रौतहट बौधिमाई नगरपालिका ३ का अनुरुध गुप्ताको ना ६२ प ७०२० नम्बरको कालो रङको होण्डा मोटरसाईकल चोरी भएको थियो । मोटरसाइकल आरोपी कुर्मीको घरबाट फेला परेको थियो भने उनी फरार थिए ।































प्रतिक्रिया