जग्गेबाटै बेहुला–बेहुली नियन्त्रणमा !

जग्गेबाटै बेहुला–बेहुली नियन्त्रणमा !

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

विराटनगर महानगरपालिका ४ मा धुमधामसाथ बिहेको कार्यक्रम चलिरहेका बेला प्रहरीले बेहुला–बेहुलीलाई नियन्त्रणमा लिएको छ । बालविवाह भइरहेको सूचनाका आधारमा दुवै जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार उमेर नपुगिकन १८ वर्षीय एक किशोरीलाई २४ वर्षीय भारतीय युवकसँग बिहे गरिदिने तयारी अभिभावकले गरेको खुलेको छ।

बेहुलीको घर विराटनगर ४ र बेहुलाको भारत हरियाणा हो। ‘बेहुलाको उमेर पुगे पनि बेहुलीको बिहे गर्ने उमेर पुगेको रहेनछ,’ खिउजुले भने, ‘त्यही पनि भारतीय युवकसँग युवतीका अभिभावकले बिहे गरिदिन लागेको पाइयो ।’

भारतीय युवकसँग किशोरीको बाल विवाह भइरहेको छ भन्ने सूचना प्राप्त भएपछि बिहेको जग्गेबाट दुवैलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । अभिभावकलाई झिकाएर सम्झाई बुझाई गर्दै युवतीको उमेर नपुगिकन बिहे नगर्ने सर्तमा दुवै जनालाई सोमबार साँझ जिम्मा लगाएर पठाइएको डीएसपी खिउजुले बताए । नेपालको कानुन अनुसार बिहे गर्न २० वर्ष पुग्नुपर्छ ।
अन्नपूर्णबाट

Logo