दार्चुला । दार्चुलामा दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरा बस्ने दाजु बहिनी नाता पर्ने महादेब डागा र मनिसा रावलले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
२३ गते राती महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर एण्ड बारमा कोठा गरी बसेको र राती पङ्खामा डोरी बाँधेर झुण्डिएको अवस्थामा बिहान फेला परेका हुन् । मनिसाले दुई महिना अघि मात्रै विवाह गरेकी थिईन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सोमबार मात्रै जिल्ला सदरमुकाम आएका उनीहरु बेलुकीको खाना खाएर ८ बजेको समयमा कोठामा सुत्न गएका थिए । बिहान कोठामा उठाउन जादा ढोका नखोलेको र भेन्टिलेसनबाट हेर्दा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेको होटल सञ्चालक जानकी बिष्टले जानकारी दिईन् ।
होटल सञ्चालक रामसिंह विष्ट काठमाडौं गएका बेला जानकीले होटल चलाउँदै आएकी थिईन् । जानकीले होटलमा बस्न आउँदा उनीहरुलाई घरको ठेगाना र नाता सोधेकी थिईन् । महेशले हामीले भर्खर २३ महिना अघि विवाह गरेको हौं, नागरिकता बनाउन सदरमुकाम आएका हौं । हामी पहिले पनि यहि होटलमा बस्थ्यौ भनेपछि उनीहरुलाई बस्न दिईएको जानकीको भनाई छ । उनीहरुले बेलुकाको खाना पनि कोठामै लगेर खाएका थिए ।
आफ्नै काकाकी छोरीसँग प्रेम सम्बन्धः
मृतक महादेव आफ्नै काकाकी छोरी मनिसाको प्रेममा रहेको स्थानीयको भनाई छ । घरमा दुई श्रीमती रहेका महादेव मनिषाको विवाहपछि विक्षिप्त बनेका थिए । उनले सोमबार राति आत्महत्या गर्नुअघि दुवै जनाको तस्बिर फेसबुकमा पोस्ट गर्दै रिप लेखेका छन् ।

उनले मनिषाको विवाहपछि ‘अधूरा अपूरा रैईग्या मनका रहर तैई खाऐ बासमती भात मुई दिझा जहर’ (अधुरा अपुरा रहे मनका रहर, तिमि खानु बासमती भात मलाई दिए जहर) लेखि पोष्ट गरेका थिए ।





























प्रतिक्रिया