विराटनगर । मोरङमा एक युवती बलात्कृत भएकी छन् । उर्लाबारी नगरपालिका-१ मेचेडाँडाकी एक युवती बलात्कृत भएकी हुन् । फेसबुकमा साथी बनाएको आधारमा चिनजान गर्दै केही समयदेखि संगत बढाएका २१ वर्षीय संगम राईले ति युवतीमाथि बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकका साथी रहेका दुवै जनाबीच सामान्य कुराकानी हुँदै मोबाईल नम्बर साटासाट भएको थियो । मोबाइल नम्बरकै आधारमा पिछा गर्दै गएका राईले खेतिको काम गरेर घर फर्कदै गरेको अवस्थामा २१ वर्षीय युवतीमाथि बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
इलामको चुलाचुली-६ घर भएका राई मोरङको उर्लाबारीमै आफन्तको घरमा बस्दै आएका थिए। युवतीमाथि शुक्रबार राति ९ बजे बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कार गरेर घाइते बनाएर छाडेको अवस्थामा युवतीको प्रहरी र स्थानीयले उद्दार गरेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरि उपचारको लागि अस्पताल लगेका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनास्थलको प्रकृति हेर्दा ठूलै संघर्ष र प्रतिवाद गरेको देखिएको डीएसपी श्रेष्ठको भनाई छ ।
सुरुमा ललाईफकाई विभिन्न प्रलोभनमा पारेर राति एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनको भनाई छ । बल प्रयोग गरेर बलात्कार गरिरहेको स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।
एक युवाले युवतीमाथि बलपूर्वक रुपमा जबरजस्ती गरिरहेको र युवतीले सकिनसकी प्रतिवाद गरिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीय आफैं युवतीको उद्दारमा खटिएका थिए । जसका कारण युवतीमाथि कुनै अप्रिय घटना हुन पाएन् ।
घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरी जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।































प्रतिक्रिया