वसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू

वसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। वसन्तपुरमा आइतबार बिहान होलीको चीर ठड्याइएको छ। वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो।

होलीको चीर ठड्याइएसँगै आजदेखि देशभर विधिवत् रूपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ। यस वर्ष यही चैत ११ गते फागु पर्व परेको छ। काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा सोही दिन यो पर्व मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट होली मनाइन्छ।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

Logo