काठमाडौँ महानगरको ज्यादतीविरुद्ध पत्रकारहरू ६ दिनदेखि रिले अनसनमा

काठमाडौँ महानगरको ज्यादतीविरुद्ध पत्रकारहरू ६ दिनदेखि रिले अनसनमा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। काठमाडौँको सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङको क्रममा महानगर प्रहरीको कुटपिटबाट घाइते पत्रकारको न्यायका लागि विगत ६ दिनदेखि राष्ट्रिय सभागृहमा अनसन जारी छ।

पत्रकार पदम प्रसाद पोख्रेलमाथि महानगर प्रहरीले गरेको कुटपिट, ज्यादती र सञ्चार सामाग्री जफतको विषयमा नेपाल श्रमजीवी पत्रकार संघको अगुवाइमा मंगलबारदेखि रिले अनसन सुरु गरिएको हो। पीडित पोख्रेललाई न्याय र क्षतिपूर्तिको लागि श्रमजीवी पत्रकार संघको अगुवाइमा सो कार्यक्रम गरिएको हाे।

घटना भएको तीन साता पुग्दा पनि महानगर प्रशासनको गैरजिम्मेवारीविरुद्ध रिले अनसन थालिएको र न्याय प्राप्ति नहुँदासम्म अनसन जारी रहने श्रमजीवी पत्रकार संघले जनाएकाे छ।

Logo