जेठ १५ गते आह्वान गरेको स्थानीय तहको विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । "/>

लोक सेवाको विज्ञापनमा साढे ४ लाखको आवेदन, १४ करोड राजश्व संकलन

लोक सेवाको विज्ञापनमा साढे ४ लाखको आवेदन, १४ करोड राजश्व संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्थानीय तहको पदपूर्तिको लागि गरिएको विज्ञापनमा मागभन्दा ४८ गुणा बढी आवेदन परेको छ । लोक सेवा आयोगले गत जेठ १५ गते आह्वान गरेको स्थानीय तहको विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् ।

५१५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि विज्ञापन आह्वान गरेको थियो । आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, ३ हजार ९१ जना दलित, १ सय ४६ जना अपांग र १ सय १६ जना पिछडिएका क्षेत्रका रहेका छन् ।

आयोगले विज्ञापन आवेदनबाट १४ करोड ४ लाख ११ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । लोक सेवा आयोगको उक्त विज्ञापनमा असार १० गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । दोब्बर दस्तुरमा आवेदन गर्ने मिति मंगलबार राति १२ बजे सकिएको थियो ।

आयोगको विज्ञापन समावेशी नभएको विभिन्न संघसंस्थाले खारेजीको माग गर्दै आएका छन् । संसदको संसदको राज्य व्यवस्था समितिले समेत विज्ञापन रोक्न निर्देशन नै दिएको थियो ।

त्यस्तै उक्त विज्ञापनविरुद्ध तीन वटा मुद्दा सर्वोच्च अदालतमा परेका थिए । भने एउटा मुद्दा समितिको निर्देशन बदरको माग गर्दै परेको थियो । सबै मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिनुनपर्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशसँगै आयोगले परीक्षको तयारी थालेको सूचना अधिकारी सुवेदीले बताए । अब आयोगले प्रश्नपत्र बनाउने, आवेदनकर्ताहरुको आवेदन रुजु गर्ने, लगायतको काम अघि बढाएको उनको भनाई छ ।

स्थानीय तह विज्ञापनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

लोक सेवा आयोगले स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खोल्यो

लोकसेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्चमा रिट दायर

लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन

Logo