जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छः मन्त्री शाह

जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छः मन्त्री शाह

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन्।

सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले जैविक विषादीहरुले परम्परागत रसायनको दिगो विकल्प प्रदान गर्ने भन्दै यस्तो कार्यले दिगो कृषि विकासलाई बढाउने र वातावरणको संरक्षण गर्ने बताएकी हुन्।

उनले भनिन्,‘कार्यशालाको मुख्य उद्देश्य जैविक विषादीहरुको प्रभावकारी व्यवस्थापन र प्रयोगमा सहभागीहरुको ज्ञान र सिप अभिवृद्धि गर्नु हो। जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको लागि दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्दछ। दिगो कृषिलाई बढाउन र वातावरणको संरक्षण गर्ने हाम्रो प्रतिबद्धतासँग पनि यो मेल खान्छ।’

यस्तो प्रयासले कृषिमा दिगो विकासको दिशामा महत्वपूर्ण कदम भएको भन्दै यसमा सहभागी सबैलाई धन्यवाद पनि प्रदान गरेकी छिन्।

उनले भनिन्,‘यस्तो प्रयासले कृषिमा दिगो विकास र बाली संरक्षणको दिशामा महत्वपूर्ण कदम हो। यस महत्वपूर्ण कार्यशालाको लागि अनुसन्धानकर्ता र अभ्यासकर्ताहरुलाई एकै ठाउँमा भेला गर्ने सहयोगीहरुहरु धन्यवाद व्यक्त गर्न चाहान्छु। चीन सरकारलाई सहयोगको लागि पनि धन्यवाद दिन चाहान्छु।’

जैविक विषादीहरुको प्रयोगलाई बढावा दिनु र किसानलाई तालिम दिनु जिम्मेवारी भएको भन्दै यसबाट कृषिलाई लचिलो बनाई वातावरण पनि रक्षा गर्न सक्ने उनको भनाई छ।

यसमा सहभागी देशहरुबीच ज्ञान र अनुभवहरु आदानप्रदान गरेर जैविक विषादी व्यवस्थापनमा क्षमतालाई बलियो बनाउने उनको भनाइ छ।

विश्व व्यापार संगठन, अन्तराष्ट्रिय विरुवा संरक्षण महासन्धि र एसिया प्यासेफिक प्लान प्रोटेक्सन कमिशनको सदस्य राष्ट्रको हैसियतले नेपाल आक्रमणकारी सत्रुसँग जुध्न विश्वव्यापी सहयोगको महत्वलाई आफूहरुले बुझेको उनको भनाई थियो।

Logo