- सिम्रन खड्का-
थाहानगर, मकवानपुर ।
जिल्लाको थाहानगरपालिका १० का दुई दिदीबहिनी बाबुको काजक्रियामा बसेका छन् । बाबु आमाको निधन भएपछि छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक संस्कारलाई थाहानगरपालिका वडा नम्बर १० का २१ बर्षकी अस्मिता थापा र १६ बर्षकी रेनिसा थापाले तोडीदिएका हुन् । गत असार १० गते ब्रेन स्ट्रोक रोगबाट बुबाको मृत्यु भएपछि उनीहरु काजक्रियामा बसेका छन् ।
उनीहरुका ६६ वर्षीय बाबु रामचन्द्र थापा गत चैतदेखि विरामी थिए । उनीहरुले परम्परागत सोचमा परिवर्तन ल्याउनको लागि आफूहरु बाबुको काजक्रियामा वसेको बताए । हामी पनि छोरा भन्दा कम छैनौ भन्ने कुरालाई पुष्टि गर्दै उनीहरु काज क्रिया गर्न अगाडि सरेका हुन् ।

समाजमा व्याप्त छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्न र छोरीहरुले पनि आफुहरुलाई जन्मदिने वुवाआमाहरुको रेखदेखका साथै मृत्युपछि गरिने संकारमा सहभागी हुन सक्छन् भन्ने उदाहरणको रुपमा उनीहरुलाई लिन सकिने स्थानियवासीले बताएका छन् ।

दुई छोरीले यसरी बाबुको काजक्रिया गर्ने आँट गरेपछि यो घटनाले स्थानीयवासीहरुले छोरीलाई पनि छोरा सरह व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएको बताएका छन् । समुदायमा छोरा नहुने परिवारहरुको हकमा दाईभाई, उनीहरुको छोरा र त्यो पनि नभए छोरी ज्वाईले काजक्रिया गर्ने संस्कारलाई उनीहरुको सहासले चुनौती दिएको छ ।





























प्रतिक्रिया