तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
252
Shares

२०८० चैत्र ११ देखि चैत्र १७ सम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्नेछ। सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुनेछ । यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ।

ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-

मेष राशि

मेष राशि हुनेहरुका लागि याे साता काम र स्थितिमा हानी हुनेछ, पुरानो योजनाहरु पूरा हुन मेहनत गर्नुपर्ने छ । तपाईंले धेरै समस्या र वरपर दौडनु पर्नेछ । कार्य क्षेत्रमा कुनै परिवर्तन नगर्नुहोस् । घरजग्गामा लगानी गर्नु तपाईंको लागि लाभदायक हुनेछ। पुरानो ऋणहरु तिर्नुपर्नेछ। बुवाको स्वास्थ्य कमजोर रहनेछ। प्रेम सम्बन्धमा जुनसुकै मनमुटाव चलिरहेको छ त्यसको अन्त्य हुनेछ र सँगै होली पर्व मनाउनुहुनेछ। सावधानीपूर्वक सवारी साधन चलाउनुहोस् अन्यथा दुर्घटनामा बायाँ खुट्टामा चोट लाग्ने वा भाँचिने सम्भावना रहन्छ । सामाजिक कार्यमा सम्मानित हुनुहुनेछ ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

वृष राशि

यो साता साथीभाइको सहयोगमा काममा राम्रो सफलता मिल्नेछ । ब्यापार व्यवसायको लागि समय राम्रो छ । व्यवसाय विस्तारका लागि कार्ययोजना तयार हुनेछ । परिवारका सबै सदस्यले तपाईंको समस्यामा सहयोग गर्नेछन्। सेयर बजारमा लगानी गर्नुहोस् र तपाईंले लाभ पाउनुहुनेछ। कमोडिटी बजार पनि तपाईंको लागि लाभदायक हुनेछ । होलीका रङहरूमा एक अर्कासँग रमाइलो गर्नुहुनेछ। खानपानमा विशेष ध्यान दिनुहोला । बाहिरको खाना नखानु होला ।

उपाय- गायत्री मन्त्र नियमित जप गर्नुस् । सकेसम्म नियमित मन्दिर दर्शन गर्नुस् ।

मिथुन राशि

यो हप्ता तपाईंको कार्यस्थलमा केहि नयाँ परिवर्तन हुनेछ जुन तपाईंको लागि राम्रो हुनेछ । घरजग्गा कारोबार गर्नेहरूले यो साता राम्रो कमिशन पाउनेछन्। फलामको व्यापार गर्नेहरुका लागि यो साता निकै राम्रो रहनेछ, आर्थिक अवस्था मजबुत रहनेछ । यो साता कुनै पनि नयाँ सम्झौता नगर्नुहोस् वा कसैलाई पैसा नदिनुहोस्, अन्यथा तपाईलाई घाटा हुनेछ।आर्थिकमा कसैसङ बिश्वासमा करोबार नगर्नुहोला । तपाईंले यो हप्ता आफ्नो प्रेमीसँग होली मनाउनुहोला, सम्बन्ध समधुर हुनेछ ।

उपाय- ॐ नमो भगवते बासुदेबाय मन्त्रको नियमित रूपमा १०८ जप गर्नुस् ।

कर्कट राशि

यो साता कर्कट राशि भएका व्यक्तिहरूले आफ्नो व्यापारमा नयाँ सम्झौता गर्नुहुँदैन, अन्यथा घाटा हुनेछ । कार्यस्थलमा पनि धेरै व्यस्त हुनुपर्ने छ हतारमा काम नग्र्नु होला । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले कडा परिश्रम गर्नुपर्नेछ बाधा आउने समय छ । बच्चाको स्वास्थ्यमा ध्यान दिनुहोला । पुरानो ऋणले समस्याको सामना गर्नुपर्नेछ। सवारीसाधन चलाउदा ध्यान दिनुहोला । कसैको अनावश्यक मामिलामा फस्नुपर्नेछ ध्यान दिनुहोला । होलीको उत्सवको आनन्द लिनुहोला । आफ्नो स्वास्थ्यको बारेमा सचेत रहनुहोस् ।

उपाय – प्रत्येक दिन हनुमान चालिसा पाठ गर्नुस् ।

सिंह राशि

सिंह राशि हुनेहरुका लागि यो साता आफ्नो लक्ष्य हासिल गर्न काममा आफ्ना सहकर्मीहरूसँग धेरै मेहनत गर्नुपर्ने छ । सहकर्मीसँग मायाले काम लिनुस् । यो साता विदेश यात्रामा जानका लागि राम्रो समय छ । कुनै पनि प्रकारको मानसिक पीडाले तनाव र डिप्रेसन निम्त्याउनेछ। यो साता तपाईंका साथीहरु तपाईंका लागि भाग्यशाली साबित हुनेछन् । तपाईंको लगानीले राम्रो प्रतिफल ल्याउनेछ। सरकारी संस्थामा काम गर्नु हुनेलाई यो साता राम्रो हुने छ । शत्रुले मित्रतापूर्ण व्यवहार गर्नेछन् र रङको होली खेली मित्रता बढाउनुस्, पुराना विवाद अन्त्य गर्ने कुरा पनि हुनेछ ।

उपाय- प्रत्येक दिन ॐ घृणि सुर्याय नम १०८ पटक जप गर्नुस् ।

कन्या राशि

कन्या राशिका लागि यो हप्ता तपाईंले आफ्नो काममा जुनसुकै लक्ष्य राख्नुभएको छ, त्यो हासिल गर्न निकै कठिन हुनेछ । जागिरको लागि अन्तर्वार्ता राम्ररी सकिए पनि सो पदमा रोक लगाउन वा अरु कसैलाई नियुक्ति गर्न सकिनेछ । तल दिइएको मन्त्र नियमित गर्नुस् सफलता पाउनु हुनेछ । होली पर्व परिवारमा हर्षोल्लासका साथ मनाउनुस् । सन्तान खुसी हुनेछन् र हर्षोल्लासको वातावरण रहनेछ। आइतबारको दिन कसैलाई ऋण नदिनुहोस्, तपाईंले फिर्ता पाउनुहुने छैन। शत्रुमाथि विजय हुनेछ। स्वास्थ्य लाभ मिल्नेछ । अरुको नराम्रो नसोच्नुहोला घुमेर तपाईंलाई नै आउँछ ।

उपाय- ॐ गण गणपताय नमको नियमित एकमाला जप गर्नुस् ।

तुला राशि

तुला राशिका लागि यो साता तपाईंले आफ्नो कार्यस्थलमा जुनसुकै योजनामा ​​सफलता प्राप्त गर्नुहुनेछ । यो साता व्यवसायमा पनि सफलता मिल्नेछ । परिवारमा सबै खुशी हुनेछन्। श्रीमतीको स्वास्थ्यमा पनि धेरै सुधार हुनेछ । आमाबाबुबाट आशीर्वाद प्राप्त हुनेछ। आफन्तसँग होली खेल्ने मौका मिलाउनुस राम्रो हुने छ । यो साता तपाईंले आफ्नो आय र व्ययको विवरण तयार गर्नुस खर्चमा ध्यान दिनुस् । धन आर्जनमा कुनै प्रकारको बाधा आउने छैन । नयाँ स्रोतहरूले तपाईका लागि आर्थिक लाभ पनि ल्याउनेछन् बिचारपुर्बक लगानि गर्नुस् । समाजमा पनि सम्मान मिल्नेछ ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि यो साता तपाईको मन केहि चिन्तित रहनेछ जसको कारण कार्यस्थलमा राम्रो नतिजा प्राप्त हुने छैन । व्यापारमा धेरै परिवर्तन नगर्नुहोस् र नयाँ नियुक्तिहरू नगर्नुहोस्। यदि तपाईंले यो हप्ता केहि बुझ्नु भएको छैन भने, आफ्नो ठूलाको सल्लाह पालना गर्नुहोस् नियमअनुसार काम गर्नुस् । यदि तपाईं यो साता कुनै लगानी गर्न चाहनुहुन्छ भने, म तपाईंलाई केहि समय कुर्न सल्लाह दिन्छु, यो उपयुक्त समय होइन, धन हानी हुनेछ। तपाईंका पुराना रोकिएका परियोजनाहरू पूरा हुनेछन्। होली हर्षोल्लासका साथ मनाउनुपर्छ र कुनै रिस नराख्नुस् । यो साता शत्रु र रोग दुवैले सताउनेछ, सावधान रहनुस् ।

उपाय- दुर्गा चालिसा नियमित पाठ गर्नुस् ।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो साता काममा धेरै व्यस्त रहनेछ । सेल्स र मार्केटिङसँग सम्बन्धित व्यक्तिहरूले थप मेहनत गर्नुपर्नेछ। व्यापारी वर्गले आफ्नो व्यवसायमा केही परिवर्तन अवश्य गर्नेछन् जसले आर्थिक पक्षलाई थप मजबुत बनाउनेछ। यदि तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ भने तपाईंका सबै आवश्यक कागजातहरू साथमा राख्नुहोस्, अन्यथा तपाईंलाई यात्रामा असुविधाको सामना गर्नु पर्नेछ। कागजपत्र हराउने समस्या हुन सक्छ ध्यान गर्नुहोला । परिवारका साथ धार्मिक यात्रामा जानु हुनेछ । यो साता कसैको आलोचना नगर्नु होला अन्यथा घाटा हुनेछ । शेयर बजारमा लगानी गर्नुहोस्, यो साता राम्रो आर्थिक लाभ हुनेछ। व्यायाम र योग तपाईंको जीवनको नियम बनाउनुस् । जसले तपाईंलाई स्वस्थ राख्छ र माइन्ड फ्रेश गर्छ ।

उपाय- ॐ गम गणपताय नमकाे नियमित जप गर्नुस् ।

मकर राशि

मकर राशिका लागि यो साता तपाईंको कामले भविष्यमा उच्च स्थान प्राप्त गर्न सहयोग गर्नेछ। तपाईंका मातहतका कर्मचारीहरूले तपाईंलाई पक्कै मद्दत गर्नेछन्। काममा सबैसँग होली मनाएर खुसी बनाउनुस् । रंगहरुको पर्वले तपाईंको जीवनमा पनि खुशी ल्याउनेछ । विदेशमा बस्नेहरू आफ्नो देशमा आउने बारे सोच्नेछन् । यो साता सेयर बजारमा लगानि नगर्नुस् । सेयर बजारमा भविष्यमा लगानी गर्नुभयो भने पैसा कमाउनुहुनेछ । तपाईंको घरायसी बजेट पक्कै गडबड हुनेछ। बिनाकारण आपसमा झगडा हुन्सक्छ स्तर्क रहनुस् । तपाईंकाे लतले जीवनमा अराजकता सिर्जना गर्नेछ। पारिवारिक जीवन पनि सुखद रहने छैन। आफ्नो नराम्रो बानीहरु त्याग्नुस् ।

उपाय – हनुमान चालिसा नियमित एक पाठ गर्नुस् ।

कुम्भ राशि

कुम्भ राशिका लागि यो साता आफ्नो हानी सहन तयार रहनुस् र आफ्नो प्रगतिमा अधिक ध्यान केन्द्रित गर्नुहोस्। यो साता तपाईंले आफ्नै मान्छेलाई तपाईंको प्रगतिमा बाधा पुर्याएकोमा शंका गर्न थाल्नुहुनेछ । दुष्टको संगत नगर्नुस, उनीहरुबाट टाढा बस्नुस नत्र तपाईंको प्रगति रोकिनेछ। मान्छे चिन्न गर्नुस, यि मान्छेहरुले तपाईलाई हानि गर्नेछन्। सोमबार तपाईका लागि अलि तनावपूर्ण रहनेछ। यस दिन कसैसँग विवाद पनि हुनेछ । कुनै पनि विवादबाट बच्न होलीका रंगहरू विचारपूर्वक प्रयोग गर्नुहोस्। तपाईको सामाजिक प्रतिष्ठा बिग्रँदै गएकोले तपाईलाई लागूपदार्थ सेवन नगर्न सल्लाह दिइन्छ।

उपाय- ॐ नम शिबायको जप गर्नुस‍् ।

मीन राशि

यो साता तपाईं एक ठाउँबाट अर्को ठाउँमा सर्नुका साथै आफ्नो कामलाई बलियो बनाउन सहयोग हुनेछ । व्यापार व्यवसाय बढाउन यात्रा पनि हुनेछ । सानातिना कुरामा आफन्तसँग विवाद नगर्नुहोस्। घरपरिवारमा कुनै विवाद नहोस्, शान्त रहनुपर्छ। आफ्नो जीवनसाथीको साथ सहयोग गर्नुहोस्, यसले तपाईंको दाम्पत्य जीवन मधुर बनाउनेछ। कतिपय व्यक्ति जो आफ्नी श्रीमतीसँग झगडा गरिरहेका छन् उनीहरूलाई आफ्नो सम्बन्ध सुधार गर्न सल्लाह दिइन्छ अन्यथा भविष्य धेरै पीडादायी हुनेछ ।

तपाईंको पुरानो ऋण आइतबार फिर्ता हुनेछ। सोमबार र मंगलबार जति लगानी गरेपनि राम्रो वृद्धि हुनेछ र आर्थिक लाभ पनि उच्च हुनेछ। रङ्गहरुको पर्व होली मनाउनुहोस्। होली पर्वले तपाईंको जीवनमा सबै प्रकारका खुसीहरू भरिदिनेछ। बुधवार र बिहीवार तपाईंको स्वास्थ्यको लागि धेरै हानिकारक हुनेछ।

उपाय- हनुमान चालिसाको नियमित जप गर्नुस् ।

Logo