बर्दिया । उल्टा मन्त्र पढेको भन्दै झाँक्रीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका ३ नंगापुर बस्ने ४९ वर्षीय अजोध्या भनिने दोदलाल थारु रहेका छन् ।
उनले असार ४ गते राति १२ बजेको समयमा आफ्नै टोल निवासी ५५ वर्षीय जयराम थारुको हत्या गरेको भन्दै प्रहरीमा उजरी परेको थियो । झुटा मन्त्र पढेको भन्दै उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार घाँस टुक्रा पार्ने गरसा समेत बरामद गरेको छ । मृतक जयराम थारुले गाउँमा गुरुवा (धामी–झाँक्री) काम गर्दै आएका थिए ।
गुरुवा गर्ने क्रममा उल्टा मन्त्र पढेर श्रीमती र बुहारीको मृत्यु भन्दै झाँक्रीको हत्या गरेको बयान दोदलाल थारुले दिएको डीएसपी भारतीको भनाई छ । एक महिनाको अन्तरालमा श्रीमती र बुहारीको मृत्यु भएपछि आफ्नो समेत पेट फुल्ने समस्या गुरुवाले गराएकोले बदला लिन हत्या गरेको थारुले बयान दिएका थिए ।





























प्रतिक्रिया