वसन्तपुरमा होलीको रौनकः युवाको घुइँचो, विदेशीकाे आकर्षण

वसन्तपुरमा होलीको रौनकः युवाको घुइँचो, विदेशीकाे आकर्षण

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । रङहरूको पर्व फागुपूर्णिमा (होली) आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदै छ । बिहानैदेखि रङ, लोला, पिचकारी बोकेर होली खेल्ने क्रम जारी छ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजनासहित मनाई राखिएको होली काठमाडौंका बसन्तपुरमा भने यसको रौनक बेग्लै छ ।

होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिका बसन्तपुरमा उत्तिकै उत्साहजनक सहभागिता देखिएको छ । युवायुवती जमातले एक अर्कालाई अबिर लगाइदिएर खुसी साटासाट गर्ने लगायतका कार्यले त्यहाँको माहोललाई छुट्टै बनाएको पाइन्छ । गत वर्षको तुलनामा यसपटक बसन्तपुरमा पुगेर होलीमा रमाउने पर्यटकको संख्या पनि उल्लेखनीय छ । युवायुवतीको आआफ्नो शैली तथा विभिन्न क्रियाकलापहरू तताएको माहोल नै भिन्न बनाएको पाइन्छ ।

Logo