आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति मातृभाषी चलचित्रको निर्माण,प्रवर्धन सहकार्य र बजारीकरण सम्बन्धि विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रम गरिएको हो।

चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिले आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषी सम्बन्धित सम्पूर्ण संघ संस्थाको सहभागिता रहेको थियो।

आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजक ज्योति राज राईको सभापतित्वमा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राज कुमार राई, सुनुवार सेवा समाज संघीय समिति तथा आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राई,निर्देशक सुरज सुब्बा नाल्बो,निर्माता तथा निर्देशक मिलन चाम्लिङ राई, भाषाबिद डा.लाल रापचा सुनुवार,तमु ह्युला छोजधी केन्द्रिय समितीका उपाध्यक्ष धनमान गुरुङ, गुरुङ फिल्म एशोसियसन नेपालका गुन्ज गुरुङ, याक्थुङ चलचित्र कर्मि संघ नेपालका उपाध्यक्ष तथा चलचित्र निर्माता सैलेन्द्र नाल्बो, मगर चलचित्रकर्मी संघका अध्यक्ष भिम बहादुर राना मगर, माझी चलचित्रकर्मी संघका उपाध्यक्ष बिवस कुमार माझी, बागमती प्रदेशका पूर्व सांसद तथा माझी महिला उत्थान संघका अध्यक्ष रीता माझी, नेपाल माझी उत्थान संघ केन्द्रिय समितिका कोषाध्यक्ष सन्तलाल माझी,याक्थुङ मुन्चईत संघका सदस्य हाङ चेम्जोङ,किरांत राई यायोक्खाका उपाध्यक्ष जनक राई लगाएतको थुप्रै चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।

आदिवासी जनजाति मातृभाषी चलचित्रहरुकर्मीहरु एक हुनुपर्छ,जनजाति मातृभाषी चलचित्रकर्मीहरु बीच समन्यव हुनुपर्छ, आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरु एक भएर आफ्नो कला संस्कृति र आफ्नो मातृभाषालाई कसरी अगाढी बढाउन सकिन्छ भन्ने मुख्य उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।

आदिवासी जनजाति मातृ संघहरु र चलचित्रकर्मीहरुको समन्वय हुनु जरुरी रहेको र आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिले त्यो कार्यलाई अघि बढाईरहेको आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिका संयोजक ज्योति राज राईले बताए।

कार्यक्रममा बोल्ने सबैले आदिवासी जनजाति मातृभाषी चलचित्रहरु क्वालिटी र मौलिक कथामा निर्माण गरेर बजार बिस्तार गर्नुपर्ने बताए । आदिवासी जनजाति मातृभाषी चलचित्रहरुले पनि नेपाली चलचित्रका दर्शक पाउन सक्ने आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजक राईले बताए।

२०६६ सालमा स्थापना भएको समितिले पहिलोपटक यसरी सम्पूर्ण मातृ संघ संस्था र आदिवासी जनजाति चलचित्रकर्मीको उपस्थितिमा कार्यक्रम गरेको हो। आगामी दिनमा आदिवासी जनजाति चलचित्रकर्मीहरुको हित र उत्थानमा थुप्रै कार्यक्रम गर्ने योजना रहेको संयोजक राईले बताए।

कार्यक्रमको संचालन अम्मर लामाले गरेका थिए। आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिमा संयोजक ज्योति राज राई,सदस्यहरुमा अम्मर लामा, बिस्वास मगर, सगिना सुनुवार, रबिन गुरुङ, लक्ष्मी योङहाङ, अमृता माझी र सदस्य सचिवमा हरि सिंह रैखोला रहेका छन् ।

Logo