आठ डीएसपी एसपीमा बढुवा सिफारिस

आठ डीएसपी एसपीमा बढुवा सिफारिस

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो ।डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । 


 

Logo