एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी दीपक अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो।अधिकारीलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

सशस्त्र प्रहरीमा एक जना डिआइजीको दरबन्दी रिक्त थियो। बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले सूचना मार्फत जानकारी गराएको छ ।

Skip This
Skip This
Logo