विराटनगर । ट्यांकरको ठक्करबाट एक शिक्षकको ज्यान गएको छ । कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको गंगाचोकमा इन्धन बोक्ने ट्यांकरको ठक्करबाट सोमबार बिहान सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएका २९ वर्षीय सन्दीप पौडेलको ज्यान गएको हो ।
सिरहामा डिजेल पुर्याएर विराटनगर फर्कंदै गरेको ना ४ ख १९०५ नम्बरको ट्यांकरले पौडेलले चलाएको को २६ प ३०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गंगाचोकमा अगाडि रहेको ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।
उनी विराटनगरमा आईटी सम्बन्धी पढाइ हुने हिमालय कलेजका शिक्षक हुन् । कलेजमा पढाएर इटहरीस्थित घरतर्फ फर्कंदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्यांकर र चालक सिरहा अरनमा गाउँपालिका–१ का ३० वर्षीय तपेश्वकुमार महतो कोइरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।































प्रतिक्रिया