घटाल थानमा विसु जाँत आज, जहाँ धामीले खान्छन् बालुवा

घटाल थानमा विसु जाँत आज, जहाँ धामीले खान्छन् बालुवा

केन्द्रबिन्दु
84
Shares

डडेल्धुरा । डडेल्धुरामा आज(आइतबार) विसु जाँत मनाइँदैछ। डडेल्धुराको अमरगढी नगरपालिका –३ मा अवस्थित घटालथानमा आज विसु जाँत मनाइँदै छ।

सुदूरपश्चिमै प्रसिद्ध शक्तिपिठका रूपमा रहेको घटालथानमा धामीले बालुवा खाने र घडाबाट पानी खाने गरेको प्रत्यक्ष देख्न सकिन्छ। यहाँ हरेक वर्ष वैशाख २ गते घटालजाँत हुने गरेको छ।

डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको किंवदन्ती रहेको छ।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठुलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुर्‍याएको विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख छ।

लडाइ मैदानमा वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको जनविश्वास रहिआएको छ। उनै भीम पुत्र घटोत्कच नै घटाल भएको जनविश्वास गरिँदै आएको छ यस क्षेत्रमा खडेरी भए घटालथानमा बाजा गाजाका साथ हलो लैजाने र पानी पर्ने गरेको स्थानीय बताउछन्।

लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको भनाइ छ।

घटालबाबाको दर्शन गर्नाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ। मनोकामना पूरा भएपछि बोकाको बली दिने चलन रहि आएको छ।

खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन्।

Logo