काठमाडौं । वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ । काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशालामा मंगलबार अपराह्न मछिन्द्रनाथको रथारोहण गरेपछि रथयात्रा सुरु भएको हो ।
उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएको छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मछिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई तीनधारा पाठशाला अघि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-8-37-scaled.jpg)
सेतो मछिन्द्रनाथको रथ मछिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनखेलसम्म लगिन्छ । रथयात्रको पहिलो दिन आज रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याएर पहिलो दिनको यात्रा समाप्त गरिने छ ।
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-6-40-scaled.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-3-71-scaled.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-14-9-scaled.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-11-24-scaled.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Web-Post-2024-04-16T191001.274-scaled.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-15-7.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-29-2.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-1-87.jpg)
![](https://kendrabindu.com/wp-content/uploads/2024/04/Photo-28-1.jpg)
प्रतिक्रिया