जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव फेला

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव फेला

केन्द्रबिन्दु
56
Shares

जनकपुरधाम। जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेकाे छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले फेला पारेकाे हाे।

शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

Logo