काठमाडाैं आएकाे इन्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन फेला

काठमाडाैं आएकाे इन्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन फेला

केन्द्रबिन्दु
56
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो सुन बरामद गरेको छ ।

दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा प्रहरीले नियमित जाँच गर्ने क्रममा १ किलो ७० ग्राम सुन बरामद गरेको हो । हालसम्म कसले सुन ल्याएको स्पष्ट भइसकेको छैन ।

कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन बरामद भएको थियो । जसमा ३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभुज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको प्रहरीले जनाएको छ ।

Logo