तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
70
Shares

२०८१ वैशाख ९ देखि वैशाख १५ सम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ।

हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

मेष राशि हुनेहरुका लागि यो साता आर्थिक लाभको सम्भावना छ, आर्थिक पक्षमा नकारात्मक उतारचढाव आउन सक्छ । अप्रत्याशित लाभ हुनेछ। नजिकका व्यक्तिको प्रगतिले मनमा प्रशन्नता रहनेछ । कडा परिश्रम गर्दा शुभ फल मिल्ने देखिन्छ । यो साता बोली र व्यवहारमा नियन्त्रण राख्नुपर्ने देखिन्छ । यो साता घमण्ड वा क्रोधमा कसैलाई गलत शब्द नबोल्नु होला, अन्यथा पुराना सम्बन्ध टुट्न सक्छ। स्वास्थ्यमा ख्याल राख्नुस । दाम्पत्य जीवन सुखमय रहनेछ । पारिवारिक यात्रा हुने सम्भावना छ । विदेश जाने योग छ ।

उपाय- लक्ष्मी चालिसा नियमित पाठ गर्नुस् ।

वृष राशि

वृष राशि हुनेहरुका लागि यो साता शुभ बित्ने छ । कार्यमा उल्लेखनीय प्रगति हुने सम्भावना छ । समयमा काम गर्नुहोस्। मिहिनेतका कारण हरेक काममा लाभ हुनेछ । मिहिनेत गरेको काम सफल हुनेछ । दुःख र समस्याको अन्त्य हुने छ। आफ्नो आम्दानी भन्दा बढी खर्च नगर्नुहोस् । साताको प्रारम्भमा करियर र ब्यापारमा गरिएका प्रयास सफल हुनेछन् । साताको प्रारम्भमा सुखसुविधा र विलासितासँग सम्बन्धित आफ्नो मनपर्ने कुरा खरिद गर्न सकिनेछ । यो साता यो भ्रममा नपर्नुहोस्, कल्पनाको संसारबाट बाहिर आउनुहोस् । जग्गा तथा भवनको खरिदबिक्रीबाट लाभ मिल्नेछ । यस अवधिमा, अचानक लामो वा छोटो दूरीको यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

उपाय- दुर्गा चालिसाको नियमित पाठ गर्नुस् ।

मिथुन राशि

मिथुन राशिका लागि यो साता शुभ रहेको छ । यो साता तपाईंको योजनाबद्ध काम समयमै सम्पन्न हुनेछ, जसका कारण तपाईंभित्र ठूलो उत्साह रहनेछ । तर, यसका बाबजुद पनि तपाईं आफ्नो सफलताबाट सन्तुष्ट हुनुहुने छैन यो साता आर्थिक अवस्था कमजोर हुन सक्छ । कार्यलाई पूरा गर्न अथक प्रयास गर्नुपर्ने हुनसक्छ । तपाईंको आलोचक र शत्रुहरूले तपाईंको लागि समस्या सिर्जना गर्नेछन्। जीविकोपार्जनसम्बन्धी समस्या समाधान हुनेछ । करियर-व्यवसायको दृष्टिकोणले समय शुभ र लाभदायक छ, तर व्यापारसँग सम्बन्धित व्यक्तिहरूले कुनै पनि ठूलो सम्झौता गर्दा आफ्ना शुभचिन्तकहरूको सल्लाह अवश्य लिनुपर्दछ । यो समयमा तपाईंको दिमागमा नकारात्मक विचार आउन सक्छ र तपाईंले रिस कन्ट्रोल गर्नुपर्ने हुन्छ, स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नुपर्नेछ । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

कर्कट राशि

कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ । यो साता तपाईंको योजनाबद्ध कार्य सम्पन्न हुनेछन्, तर भने जस्तो सबै पूरा हुँदैनन् । यदि तपाईं व्यापारमा संलग्न हुनुहुन्छ भने, यो हप्ता तपाईंले व्यापार सम्बन्धी निर्णयहरू धेरै सोचेर लिनुपर्नेछ, अन्यथा कुनै योजना आदिमा लगानी गरिएको पैसा फस्न सक्छ । हतारमा निर्णय लिनु हुँदैन। यो साता व्यावसायिक कारणले शारीरिक परिश्रम र घुमफिर बढ्नेछ। घरजग्गा वा जग्गा कारोबारबाट राम्रो आर्थिक लाभ मिल्ने संकेतहरू छन्। तपाईंको आर्थिक अवस्था सीधै तपाईंको जोश, उत्साह र प्रयासमा निर्भर हुनेछ। धन आर्जनको लागि गरिएको लामो दुरीको यात्राबाट सकारात्मक नतिजा प्राप्त हुनेछ। प्रेम सम्बन्धमा खटपट हुन सक्च सावाधान रहनु होला ।

उपाय- ॐ नम शिबायको पाठ गर्नुस् ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूलाई यो साता आर्थिक लाभको सम्भावना छ । रचनात्मक कामबाट आर्थिक लाभ हुनेछ । यो साता रिस र घमण्डबाट टाढा रहनुपर्नेछ, अन्यथा तपाईंले गरेको काम बिग्रन सक्छ। नयाँ योजनामा ​​लगानी गर्न सकिनेछ । तपाईंले आफ्नो क्षमता प्रदर्शन गर्ने प्रशस्त अवसरहरू प्राप्त गर्नुहुनेछ। धेरै योजनाहरू यो हप्ता पूरा हुनेछन्। जीवनसाथीको सहयोगले तपाईंको आर्थिक स्थिति बलियो बनाउन मद्दत गर्नेछ। तपाईं आफ्नो घर सजावटमा केहि पैसा खर्च गर्न सक्नुहुन्छ । यो साता आफ्नो स्वास्थ्य र सम्बन्धलाई राम्रो बनाउने प्रयास गर्नुहोस्।

उपाय- प्रत्येक दिन हनुमान चालिसा पाठ गर्नुस् ।

कन्या राशि

कन्या राशि भएका व्यक्तिहरु यो साता अर्थिक मामिलामा निकै राम्रो रहनेछ । राम्रो आम्दानीको स्रोत मिल्नेछ र मनग्य धन आर्जन गर्न सफल हुनुहुनेछ । यो साता तपाईंको लागि धेरै सकारात्मक रुपमा सुरु हुनेछ । सामाजिक रूपमा, केही व्यक्तिहरू तपाईंको कार्यबाट दुखी हुनेछन् ध्यान पुर्याउनुहोला। कार्यस्थलमा तपाईंका प्रतिद्वन्द्वीहरूले तपाईंलाई आफ्नो लक्ष्यबाट हटाउन विभिन्न कुरामा फसाउन खोजिरहन सावधान रहनुहोला । मनमा उत्साह बढ्नेछ, कामको गति बढ्नेछ। खर्च कम गर्नुहोस्। यो साता आफ्नो जिद्दी वा घमण्डले केही ठूलो हानि पुर्याउन सक्छ, ध्यान दिनुहोला । प्रेम सम्बन्धमा अगाडि बढ्दा सजग रहनुहोला, नत्र समस्या हुन्छ ।

उपाय- ॐ गम गणपताय नम १०८ जप गर्नुस् ।

तुला राशि

तुला राशिका व्यक्तिहरूका लागि यो साता निकै व्यस्त रहनेछ । साताको सुरुमा अचानक केही ठूला खर्चको आगमनले तपाईंको बजेट बाधा पुग्न सक्छ । केही प्रमुख आवश्यकताहरू पूरा गर्न तपाईंले आफ्नो सञ्चित पैसा खर्च गर्नुपर्ने हुनसक्छ । यो साता अपरिचित व्यक्तिसँग व्यवहार गर्दा सावधान रहनुहोस् । यो साता तपाईंले आफ्नो आम्दानीका श्रोतहरु अलि बढि विस्तार गर्ने प्रयास गर्नुहुनेछ । आफ्नो बुद्धिमत्ता र चलाखीले प्रतिद्वन्द्वीका योजनालाई असफल बनाउन सफल हुनुहुनेछ। यस अवधिमा रोजगारी गर्नेको तुलनामा व्यापार गर्नेले बढी नाफा कमाउने सम्भावना देखिएको छ । यात्राको सम्भावना छ । आफन्तसँगको सम्पत्ति विवादले ठूलो मोड लिनसक्छ । आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुहोस् ।

उपाय- ॐ घृणि सूर्याय नमको जप गर्नुस्, सूर्यलाई जल चढाउनुस् ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुका मिहिनेतले गरे अनुसार यो साता फल मिल्न ग्राहो छ, तर नतिजा जस्तोसुकै भएपनि सकारात्मक नै हुनेछ । आर्थिक लाभको लागि साता शुभ रहेको छ । रोकिएका काम पुरा हुनेछन् र सफलता मिल्नेछ । यस राशिका व्यक्तिहरूका लागि सानातिना कुरालाई छाड्ने हो भने समग्रमा यो साता शुभ र वाञ्छित सफलता ल्याउने छ । यदि तपाईं आफ्नो जागिर परिवर्तन गर्ने बारे सोच्दै हुनुहुन्छ भने, तपाईंलाई ठूलो संस्थाबाट ठूलो प्रस्ताव प्राप्त हुनसक्छ । वैदेशिक रोजगारीमा जान चाहने हरुका लागि सफलता मिल्ने छ । व्यापार गर्न खोज्नेहरुको बाटोमा आउने बाधा अवरोध हट्नेछ । यदि तपाईं साझेदारीमा व्यापार गर्नुहुन्छ भने, पैसा लेनदेन गर्दा धेरै सावधान रहनुहोस् र चीजहरू क्लियर गरेपछि अगाडि बढ्नुहोस् । अरूको समस्यामा नपर्नुहोस्। जागिरमा पदोन्नति र सम्मान प्राप्त हुने सम्भावना छ। यस अवधिमा भाग्यले तपाईंलाई पूर्ण साथ दिनेछ र तपाईंले शेयर बजार, चिठ्ठा आदिबाट अचानक धन प्राप्त गर्ने संकेत छ ।

उपाय- दुर्गा चालिसाको नियमित पाठ गर्नुस् ।

धनु राशि

धनु राशिका ब्यक्तिहरु यो साता पुरै व्यस्त रहनु हुनेछ । यो साता तपाईंको कामले जीवनमा नयाँ उचाइमा पुग्न सक्छ । तपाईंले आफ्नो कार्यस्थलमा वांछित परिणामहरू प्राप्त गर्न सक्नुहुनेछ, तर यो तपाईंको कडा परिश्रम बिना हुने छैन। तपाईंलाई केहि अनावश्यक खर्च हुन सक्छ, जसले तपाईको आर्थिक स्थितिलाई समस्यामा पार्न सक्छ। साताको सुरुमा कामको भारी बोझ हुनसक्छ । तपाईंले कार्यस्थलमा अचानक ठूलो जिम्मेवारी लिनु पर्ने हुनसक्छ, जसको लागि तपाईंले अतिरिक्त समय र कडा परिश्रम गर्नु पर्नेछ । यस अवधिमा लामो समयदेखि रोकिएको काम पूरा भएपछि मन प्रसन्न रहनेछ । यो साता सेयर बजारमा लगानी गर्दा सावधानीपूर्वक गर्न भयो भने नाफा कमाउने प्रचुर सम्भावना छ । आफ्नो बुद्धि र चलाखीले धन आर्जनमा सफलता मिल्नेछ । व्यवसायीका लागि वैदेशिक क्षेत्रबाट आम्दानीको राम्रो सम्भावना छ । आयात/निर्यात व्यापारबाट राम्रो लाभ हुनेछ । परिवारका सदस्यहरूसँग तीर्थस्थलको यात्राको सम्भावना छ ।

उपाय- ॐ नम शिवायको नियमित जप गर्नुस् ।

मकर राशि

मकर राशि हुनेहरुका लागि यो साता काममा सफलता मिल्नेछ । तपाईंको आम्दानी बढ्नेछ । यो साता नया चुनौती आउने छ, साझेदारीमा भएको व्यापारमा विवाद हुनसक्छ । जागिर गर्नेहरुका लागि कार्यस्थलमा मान-सम्मान बढ्नेछ र पदोन्नति पनि संभावना छ । परिवारका सदस्यहरूसँग कुनै पनि विषयमा विवाद हुँदा मानसिक चिन्ता बढ्नेछ । साताको प्रारम्भमा तपाईंको घरेलु समस्या बढ्नसक्छ, जसका कारण तपाईंको स्वभावमा रिस उठ्ने देखिन्छ । यो साता तपाईंलाई आर्थिक क्षेत्रमा ठूलो सफलता मिल्न सक्छ, तर अतिरिक्त खर्चको सम्भावना पनि छ । यस अवधिमा तपाईंले धेरै आम्दानीका स्रोतहरू प्राप्त गर्नुहुनेछ । सेयर बजारमा पैसा लगानी गर्दा नाफा हुने सम्भावना रहन्छ, त्यसैले बुद्धिमानीपूर्वक लगानी गर्नु फाइदाजनक हुन सक्छ । यो महिनाभरी चोटपटकको सम्भावना रहेकोले सावधानीपूर्वक सवारी साधन चलाउनुहोस्।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस्, मंगलबार हनुमान जीलाई चोला चढाउनुस् ।

कुम्भ राशि

कुम्भ राशिका लागि यो साता शुभ रहेनछ । यस अवधिमा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरूले व्यापारमा वाञ्छित लाभ प्राप्त गर्नेछन् । यो साता तपाईंले मानसिक तनाव र खर्च बढ्ने जस्ता समस्याको सामना गर्नु पर्नेछ । तर, वैदेशिक सम्बन्धबाट लाभ मिल्ने सम्भावना छ । यदि तपाईंले लामो समयदेखि आफ्नो व्यवसाय विस्तारसँग सम्बन्धित योजनामा ​​काम गरिरहनु भएको छ भने तपाईंको इच्छा पूरा हुने देखिन्छ। साताको मध्यमा विलासितासँग सम्बन्धित केही सामान खरिद गर्न सकिनेछ । जग्गा तथा भवन खरिदबिक्रीको मनोकामना पनि पूरा हुनेछ । सम्पत्तिको विषयमा विवाद हुनसक्छ ध्यान दिनुहोला । अध्यात्मप्रतिको झुकाव बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । जीवनसाथीसँग धार्मिक यात्रामा जाने सम्भावना छ । आमाको स्वास्थ्यको ख्याल गर्नुहोला । यो साता मादक पदार्थ सेवन नगर्नुहोला ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् । मंगलबार हनुमानजीलाई चोला चढाउनुस् ।

मीन राशि

मीन राशिका ब्यक्तिका लागि सामाजिक प्रतिष्ठा प्राप्तिको लागि यो साता अनुकूल समय रहेको छ । साताको प्रारम्भमा करियर र ब्यापारको सिलसिलामा गरिएको यात्राले अपेक्षित सफलता मिल्नेछ । नयाँ परियोजनामा ​​काम हुनेछ। कार्यस्थलमा कसैको भरमा नभई आफ्नो काम आफैं गर्नुहोस्। महत्वपूर्ण कार्यमा बाधा अड्चनले हानि हुने सम्भावना छ । यो हप्ता तपाईले आफ्नो क्षमता देखाउने मौका पनि पाउनुहुनेछ । भविष्यलाई हेर्दै, हरेक अवसरलाई गम्भीरतापूर्वक लिनुहोस् । व्यापारमा आम्दानी बढ्नेछ, जसका कारण तपाईंको आर्थिक स्थिति बलियो हुनेछ। रोजगारीमा रहेका व्यक्तिहरूले यो साता केही महत्त्वपूर्ण जिम्मेवारी वा पदोन्नति पनि पाउन सक्नुहुन्छ।

उपाय- ॐ नमो भगवते वासुदेवाय नमको जप गर्नुस् ।

Logo