बालेनको सरसफाइपछि यस्तो देखियो धोविखोलाको दृश्य

बालेनको सरसफाइपछि यस्तो देखियो धोविखोलाको दृश्य

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोविखोलाको सरसफाइ गरेपछि त्यहाँको स्वरुप अहिले बदलिएको छ । खोला सरसफाइसँगै किनारमा रोपिएका फूलका बिरुवा ढकमक्क फुल्दा धोविखोला आसपासका क्षेत्रलाई थप आकर्षक बनेको हो । 

खोला किनारमा विभिन्न थरिका रङ्गीविरङ्गी फूल फुल्दा फोटो खिच्नेको ठाउँ/ठाउँमा घुइँचो लाग्ने गर्छ । महानगरपालिकाले सयौं जनशक्तिको परिचालन गरी सफा गरेको धोकिखोलो यति निकै फरक भएको पनि महसुस गर्न सकिन्छ । किनभने खोला सरसफाइ नहुँदा वर्षेनी दुर्गन्ध फैलिने गर्थ्यो । 

महानगरले पूर्णरूपमा खोला सफा गरिसकेको छैन । यद्यपि ठाउँ-ठाउँमा गर्दै महानगरभित्र पर्ने क्षेत्रभित्र खोला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले महानगरलाई सुन्दर सहर बनाउन सकिने कल्पना गरी यस्ता विभिन्न कार्य अगाडि बढाएका छन् ।

तस्विरः देशभक्त थापा/केन्द्रबिन्दु

Logo