केन्द्रबिन्दुकर्मी रामजी बलामी सम्मानित

केन्द्रबिन्दुकर्मी रामजी बलामी सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

केन्द्रबिन्दु मिडियाका समाचार संयोजक रामजी बलामी सम्मानित भएका छन् ।

मकवानपुरको थाहा नगरपालिकास्थित थाहा कला केन्द्रले पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै बलामीलाई विहिबार सम्मान गरेको हो । कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले कला, संस्कृती र स्थानिय क्षेत्रको प्रबर्द्धनमा योगदान पुर्याएको भन्दै बलामीलाई सम्मान गरेका हुन् ।

बलामी बिगत १२ बर्षदेखी पत्रकारिता गरिरहेका छन् । विभिन्न अनलाइन मिडियाहरुमा काम गरिसकेका अनुभवी पत्रकार बलामी केहि राष्ट्रिय दैनिकहरुमा स्तम्भ लेखनमा पनि सक्रिय छन् । हाल उनी केन्द्रबिन्दु मिडियाका समाचार संयोजक हुन् । बलामीका २ वटा पुस्तक पनि प्रकाशित भएका छन् ।

थाहाकला केन्द्रले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा मकवानपुरको कला र संस्कृतिको उत्थानमा काम गरिरहेका गायक मुक्तिनाथ उप्रेती लगायतलाई पनि सम्मान गरेको थियो ।

Logo