भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

भारतको निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

केन्द्रबिन्दु
42
Shares

जनकपुर । भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन् । भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदै छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिन लागिएको झाले बताए । ‘यही जेठ ०५ गते शनिवार देखि ०७ गते सोमबार सम्म ३ (तीन) दिनको लागि भंगहा – जनकपुर – जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।

८ गते मंगलबार देखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रुपमा रेल सेवा सञ्चालनमा आउने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’

Logo