लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This
Logo