दाङमा गुडिरहेको बसमा आगलागी

दाङमा गुडिरहेको बसमा आगलागी

केन्द्रबिन्दु
0
Shares

दाङ ।

दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ। गाडीमा १५÷१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।

Logo