कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियाे, सामान बोकेका खच्चड पुलमै अड्किए

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियाे, सामान बोकेका खच्चड पुलमै अड्किए

केन्द्रबिन्दु
15
Shares

कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा सामान बोकेका खच्चड पुलमै अड्किएका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि १४ वटा खच्चड पुलमै फसेका हुन् । खच्चडहरुको हालसम्म उद्धार भएको छैन । तर, उद्धारका लागि टोली खटाई सकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

Logo