एकल महिलालाई आत्मनिर्भर बनाउने कालिका नगरपालिकाको प्रयास

एकल महिलालाई आत्मनिर्भर बनाउने कालिका नगरपालिकाको प्रयास

केन्द्रबिन्दु
6
Shares

मुग्लिन(चितवन)। कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ । यहाँ बुधबार आयोजित एक कार्यक्रममा प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो।

नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताए। सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको उनले बताए।

उनले एकल महिलाको साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गरे। पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए।

Skip This
Skip This
Logo