टिपरको ठक्करबाट बुटवलमा छोरीको मृत्यु, बाबु घाईते

टिपरको ठक्करबाट बुटवलमा छोरीको मृत्यु, बाबु घाईते

केन्द्रबिन्दु
0
Shares

रुपन्देही । बुटवलमा टिपरको ठक्करबाट एक युवतीको ज्यान गएको छ । टिपरको ठक्करबाट बुटवल उपमहानगरपालिका १२ तामनगर बस्ने १९ वर्षकी पुष्पा भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर उनका बाबु घनश्याम भण्डारी सामान्य घाईते भएका छन् ।

बुवासँगै घर जाँदै गरेकी पुष्पालाई टिपरले जितगढीमा ठक्कर दिएको थियो । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्वरको मोटरसाइकलमा सवार भण्डारीलाई बुटवलबाटै पश्चिमतर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको हो ।

बुवाले मोटरसाइकल चलाएको र छोरी पुष्पा मोटरसाइकलको पछाडि बसेको अवस्थामा टिपरले उनीहरूलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट पुष्पाको घटनास्थलमै ज्यान गएको हो । प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्वरको टिपरलाई नियन्त्रणमा लिएको छ ।

Logo