विराटनगर । १० वर्षीया बालिकाले आत्महत्या गरेपछि बुवाबिरुद्ध बलात्कार प्रयास गरेको उजुरी परेको छ । मोरङको बेलबारी नगरपालिका ११ मा बस्दै आएकी बालिकाले आत्महत्या गरेपछि १४ वर्षीया दिदीले बुवाबिरुद्ध बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी हुन् ।
आइतबार आफ्नै घरमा झुण्डिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । आइतबार झुण्डिएको अवस्थामा बहिनीको शव फेला परेपछि सोमबार उनकी दिदीले झड्केलो बुवाबिरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी हुन् ।
बालिकाको उजुरीपछि सोमबार नै झड्केलो बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बुबालाई जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।































प्रतिक्रिया