माइतीघरको पोलबाट हाम फाल्न खोजेकी एक महिलाको प्रहरीहरुले यसरी गरे उद्धार [भिडियाे]

माइतीघरको पोलबाट हाम फाल्न खोजेकी एक महिलाको प्रहरीहरुले यसरी गरे उद्धार [भिडियाे]

केन्द्रबिन्दु
24
Shares

आफ्नै श्रीमान्बाट बलात्कारमा परेको भन्दै आन्दोलनरत आरती रावल गिरीले माइतीघर मण्डलस्थित राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी छन् । मंगलबार दिउँसो उनी माइतीघर मण्डलमा रहेको झण्डा राखिएको पोलमा आत्महत्या गर्ने भन्दै उक्लिएकी थिइन्। तर, प्रहरीले समयमै देखेर सकुशल उद्धार गरेको हो । प्रहरीहरु पनि पोलमै चढेर डोरी बाँधी गिरीको उद्धार गरेका हुन् ।

अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै आफ्नै श्रीमान् न्यायाधीश भुवन गिरीविरुद्ध उनले बलात्कार मुद्धा दर्ता गरेकी थिइन् । सो मुद्दामा गत जेठ २८ गते निलम्बित न्यायाधीश गिरीलाई दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय हुने फैसला भएको थियो। जेठी श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि गिरीले आरतीसँग २०७५ असारमा आरतीसँग कानुनी विवाह गरेका थिए। आरतीका अनुसार उनले भुवनसँग स्वेच्छाले विवाह गरेकी थिइनन्। विवाहका लागि भुवनले दबाब र ब्ल्याकमेल गरेका थिए। विवाह पनि औपचारिक रूपमा नभएको आरोप छ । भुवनबाट मातृत्वको अधिकार पनि गुमाएको र शारीरिक र मानसिक यातना दिएको भन्दै उजुरी दिएपछि यो घटना बाहिर आएको थियो ।

हुन त उनले यसअघि न्याय नपाएकाे भन्दै सर्वोच्च अदालत अगाडि आत्मदाह प्रयासदेखि इजलासमै विष सेवनसमेत गरेकी थिइन्। अझ न्याय अनशन पनि बसिन् । तर, अहिले अदालतले उनकै पक्षमाा फैसला गर्दा पनि आत्महत्याको प्रयास गरेकी हुन् । त्यस्तो किन गरिन् भन्ने अहिलेसम्म कुनै कारण खुलेको भने छैन ।

Skip This
Skip This
Logo