धादिङ । बसको ठक्करबाट धादिङमा एक जनाको मृत्यु भएको छ । धादिङबेशीबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ८६६७ नम्बरको बसको ठक्करबाट निलकण्ठ नगरपालिका-८ ससाहका ५० वर्षीय ज्ञानबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको हो । चौताराका स्थित कालुपाण्डे राजमार्गमा बसले उनलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने बस र चालक निलकण्ठ नगरपालिका-८ मुरलीभनज्याङका ३३ वर्षीय गणेश श्रेष्ठलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।































प्रतिक्रिया