अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

केन्द्रबिन्दु
15
Shares

मुग्लिन(चितवन)। पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए। उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ। सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग छैन ।

Skip This
Skip This
Logo