बर्गर हाउसले गन्ध आउने मःमः बेचेपछि काठमाडौं महानगरद्वारा २ लाख जरिवाना 

बर्गर हाउसले गन्ध आउने मःमः बेचेपछि काठमाडौं महानगरद्वारा २ लाख जरिवाना 

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अनलाइन मःमः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएपछि कारवाही गरिएको हो । 

निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानले महानगरपालिकाको आफ्नै भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको बताए । ‘चमेना गृहबाट विक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो, यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारवाही गरिएको हो,’ उनले भने । 

विक्री हुँदै आएको चमेना गृहले पटकपटकको खवरदारीपछि पनि गुणस्तरमा सुधार नगरेपछि कारवाही गरिएको कृषि तथा पशुपन्छी विभागले जानकारी दिएको छ । महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेतले दोस्रो पटक पठाइएको अचार पनि गन्हाएकाले उपभोक्ताले महानगर प्रहरी बलमा उजुरी गरेपछि कारबाही गरेको बताए । 

उजुरीको छानबिनका लागि कार्यालयमा वोलाइएका बर्गर हाउसका सञ्चालक बिक्रम गिरीले मःमः को अचारमा गन्ध आएको स्वीकार गर्दै तयार पार्ने बित्तिकै फ्रिजमा राख्नु पर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको बताए । ‘यसमा कर्मचारीको लापरबाही भएको हो, खानाको स्वच्छतामा लापरबाही गर्ने कर्मचारीलाई हामीले पनि कारवाही गरिसकेका छौं, गुणस्तरमा कुनै गुनासो नआउने गरी सेवा दिने प्रतिबद्धता छौं,’ उनले भने ।

Logo