कामठाडौं । ‘पब्जी’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा परेको छ । अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल र कानूनका विद्यार्थी विनय रिमालले पब्जीमाथि प्रतिबन्धको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनीहरुले इन्टरनेट लगायतका माध्यममा अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई कानूनविना स्वेच्छाचारी ढंगले बन्देज नलगाउन परमादेशको माग गरेका छन् । सरकारको निर्णयले विभिन्न प्रयोगकर्ताले पाउने अभिव्यक्ति तथा विचारको स्वतन्त्रतामा अपुरणीय क्षति उनीहरुको दाबी छ । उनीहरुले अन्तरिम आदेशको माग गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले चैत २८ गतेदेखि लागू हुने गरी पब्जीमा प्रतिबन्ध लगाएको थियो । बालबालिकाहरुमा नकारात्मक असर परेको भन्दै अभिभावकहरुबाट आएको गुनासोका आधारमा पब्जीमाथि प्रतिबन्ध लगाईएको थियो ।





























प्रतिक्रिया