द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

केन्द्रबिन्दु
78
Shares

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उनी लामो सयमदेखि आन्द्रामा देखिएको संक्रमणबाट पीडित थिइन् ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । अहिले उनकी ठूली छोरी संगीताले द्वारकिाज होटलको नेतृत्व गरेकी छन् भने कान्छी छोरी विनीता सपरविार अमेरिकामा बस्दै आएकी छिन् ।

Skip This
Skip This
Logo