चीनले सगरमाथामा शौचालय बनाउने

चीनले सगरमाथामा शौचालय बनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा शौचालय बनाउने भएको छ । सगरमाथा आरोहणमा जानेको संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले सगरमाथा स्वच्छ बनाउन चीनले शौचालय बनाइदिने भएको हो ।

७ हजार २८ मिटरको उचाईमा बनाईने शौचालय पर्यावरणअनुकूल हुनेछ । त्यो एक चिनियाँ शिविरमा बनाईनेछ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पर्वतारोहणको अहिलेको सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय बनाउन लागेको जनाएको छ ।

पछिल्ला वर्षहरुमा सगरमाथामा व्यापारिक पर्वतारोहण बढ्दै गइरहेको छ । पर्वतारोहीको संख्या बढ्दा सगरमाथामा फोहोरको डंगुर जम्मा हुन थालेको छ । जथाभावी फोहोर हुँदा सगरमाथा दुर्गन्धित हुन लागेको छ । त्यसलाई व्यवस्थित गर्न चीनले शौचालय बनाउन लागेको हो ।

तिब्बती पर्वतारोहण एसोसिएशनका उपमहासचिव पेमा टिनलीले सगरमाथामा राखिने शौचालयमा मानव शौच जम्मा गरिने र भरिएपछि पर्वतको तल ल्याइने बताए । सगरमाथामा राखिने यो शौचालय अस्थायी रहने र पर्वतारोहणको सिजन समाप्त भएलगत्तै हटाइने उनको भनाई छ ।

Skip This
Skip This
Logo