पर्सा । आर्थिक वर्ष २०८० ८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८० ८१ मा एकतिहाइले बढेको बताए ।
आव २०७९ ८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए । आव २०८० ८१ मा सात सय ९६ र आव २०७९ ८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।





























प्रतिक्रिया