बुटवल । दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार ट्रक जलेर नष्ट भएको छ । लमही नगरपालिका – ९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ ।
ट्रकमा चालकसहित तीन जना सवार थिए । चालक कञ्चनपुरको कृष्णनगर नगरपालिका – २ का ३८ वर्षीय रमेशदत्त जोशी आगो निभाउन प्रयास गर्दा सामान्य घाइते भएका छन् । उनको हातमा सामान्य जलन भएको छ । प्रहरीका अनुसार ट्रक खाली थियो । सिमेन्ट लिनका लागि ट्रक लमही आउँदै थियो ।































प्रतिक्रिया