पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु भएको छ ।
पोखरा महानगरपालिकाको वडा नम्बर २१ मट्टीखान जाने बाटोमा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको ग १ प ६२१९ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएकी ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । आरती बसकी सहचालक थिइन् ।
चालक र अन्य २० जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।































प्रतिक्रिया